Shree Ishaneshwar Secondary School

ईशानेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पृष्ठभूमि

Published on: 2077-05-20

Posted By: ईशानेश्वर माध्यमिक विद्यालय


ईशानेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पृष्ठभूमि नेपालमा एक्काइसौं शताव्दीको शुरुआतसँगै जहानिया राणा शासनको विरोध र प्रजातान्त्रिक आन्दोलनको क्रममा देशका विभिन्न ठाउँमा आन्दोलनको तीव्र विकास भइरहेको थियो यही आन्दोलनका क्रममा देशका विभिन्न भागमा स्कुल तथा पाठशालाहरू स्थापना गर्ने क्रमको पनि तीव्र विकास भइरहेको बेला यही आन्दोलनको क्रमसँगै भोर्लेटारको हल्लेसी गाउँमा बसोवास गर्ने शिक्षाप्रेमी बुद्धिजीवी एवं भद्र भलाद्मीहरूको प्रयासबाट हल्लेसीको पधेँरीको ठाँटीमा अस्थायी स्कुल स्थापना गरी वि.सं. २००५ सालबाट पढाइ सञ्चालन गरिएको थियो । शिक्षकमा राम कुमारी मल्ललाई नियुक्त गरियो भने अन्य सहयोगी शिक्षकमा गाउँका पढेलेखेका व्यक्तिहरूबाट पालैपालो गरी २ वर्षम्म नियमित रूपमा साधारण पढाइ लेखाई गरिएको थियो । यसरी देशमा प्रजातान्त्रिक आन्दोलन र स्कुल स्थापना गर्ने क्रमको तीव्र विकासको सँगसँगै जव देशमा प्रजातन्त्रको स्थापना भयो त्यसपछि भोर्लेटार अर्न्तर्गतका हल्लेसी, गुम्वा, भोर्ले, धोद्रे, काउरे, पुरानाडिही, लामासोती लगायतका गाउँका सबै भद्र भलाद्मी शिक्षाप्रेमी महानुभावहरूको भेला, छलफल र सरसल्लाहबाट सबै गाउँको बिच र पायक पर्ने गरी स्थायी रूपमा स्कुल स्थापना गर्ने योजना बनाइयो । २००७ सालको प्रजातन्त्रको स्थापनासँगै फागुन महिनाबाट भोर्लेटारको मूल भन्ने ठाउँमा स्कुल तयार गरी पढाइ सञ्चालन गर्ने वातावरण तयार भयो । यसरी स्थापित स्कुलको आमोद प्रमोद सदन पर््राईमरी स्कुल नामाकरण गरी शिक्षकहरूमा चिसंकुका पं. भीष्मकान्त घिमिरे -रामचन्द्र) र भोर्लेकी रामकुमारी मल्ललाई नियुक्त गरियो । त्यस वखत स्कुल स्थापना गरी पढाइ सञ्चालनमा महत्वपर्ूण्ा भूमिका खेल्ने शिक्षाप्रेमीहरूमा षडानन्द रेग्मी, दशरथ पौडेल, चन्द्रमणि रेग्मी, लक्ष्मीप्रसाद रेग्मी, ऋषिराम घिमिरे, ऋषिराम पौडेल, चतुराखर घिमिरे, राम कुमारी मल्ल, भूपाल गुरुङ, सुवे. बुद्धिमान गुरुङ आदिको नाम उल्लेखनीय रहेको पाइन्छ । स्कुलमा कखरा बार्हखरिदेखि रुद्री, चण्डी, दर्ुगा कवच, चिठी, भरपाई, तमसुक सहित साधारण अङ्क हरहिसाव आदिको पढाइ नियमित रूपमा सञ्चालन भएको थियो । त्यसवखत सबै अभिभावकहरूबाट स्कुलमा आफ्ना छोराछोरीहरू पढ्न पठाएको र शिक्षकहरूबाट स्कुलमा नियमित रूपमा सानदार किसिमले पढाइ सञ्चालन भएको कारण पढ्न आउने छात्र छात्राको सङ्ख्यामा पनि राम्रो बृद्धि भएको देखिन्छ । यसरी स्कुलमा नियमित रूपमा पढाइ सञ्चालन हुँदै गईरहेको अवस्थामा २ वर्षसमय पुग्दा नपुग्दै २००९ सालका अन्त्यतिर गुरु भीष्मकान्तज्यूको असामयिक निधन हुन पुग्यो जसले गर्दा स्कुलको पढाइमा ठूलो वाधा उत्पन्न हुन पुग्यो । स्कुलको पढाइलाई नियमितता दिन मुलबाट स्कुललाई २०१० सालको सुरुमै धुलपुर बजारको ठाँटीमा स्थानान्तरण गरियो । बजारको ठाँटीमा स्कुललाई स्थानान्तरण गरेपछि पं. नीलकण्ठ घिमिरेलाई शिक्षकमा नियुक्त गरी पढाइलाई नियमितता दिई यस आमोद प्रमोद सदन स्कुलमा नियमित रूपमा पढाइ सञ्चालन हुँदै गईरहेको अवस्थामा यसै वर्ष२०१० सालको बीचतिर वाग्लुङ जिल्लाबाट एक प्रतिभाशाली युवा स्वामी रमेशानन्दको भोर्लेटारमा आगमन भयो । स्वामी केही पढेलेखेको नम्र स्वभावी र मिलनसार युवक भएकोले उहाँलाई स्कुलको शिक्षकमा नियुक्त गरियो । स्कुलमा नीलकण्ठ घिमिरे, स्वामी रमेशानन्द र राम कुमारी मल्ल ३ जना शिक्षक भएको कारण त्यस वखत पढ्न आउने केटाकेटीहरूको सङ्ख्यामा पनि उल्लेखनीय बृद्धि भएको थियो । युवा स्वामीले स्कुलमा पढाउनुको साथै अन्य युवा र प्रौढहरूलाई हल्लेसी र भोर्लेटारमा गरी २ ठाउँमा रात्रि र विहानी कक्षा सञ्चालन गरी पठनपाठनमा जागरण ल्याउनुभयो । शैक्षिक जागरणको क्रममा यहाँका युवा र प्रोढहरूसँग कक्षा सञ्चालनको साथसाथै पुस्तकहरू सङ्कलन गरेर सुधाकर नामक पुस्तकालयको स्थापना पनि गराउनुभयो । स्वामीजी २०१० सालबाट २०१३ सालसम्म ३ वर्षभोर्लेटारमा बस्दा शैक्षिक आन्दोलन र सांस्कृतिक सुधारको क्रममा नाच, नाटक, बालुन आदि खेलको सुरुवात गरी ज्यादै महत्वपर्ूण्ा योगदान पुर्याउनु भएको देखिन्छ । त्यसपछि २०१३ सालको अन्त्यतिर स्वामी उच्च अध्ययनको लागि काशी वनारसतिर सबैसित विदावादी भएर जानु भएको देखिन्छ ।

Recent Posts