Shree Ishaneshwar Secondary School

ईशानेश्वर उच्च माध्यमिक विद्यालय

Published on: 2077-05-10

Posted By: ईशानेश्वर उच्च माध्यमिक विद्यालय


ईशानेश्वर उच्च माध्यमिक विद्यालयको ऐतिहासिक पृष्ठभूमि ईशानेश्वर माध्यमिक विद्यालयको औपचारिक स्थापना २०२१ साल पौष २७ मा भए तापनि यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि २००७ सालको प्रजातन्त्रिक आन्दोलन क्रमसँगै सुरु हुन पुगेको । जस अनुसार यो विद्यालय २००७ साल पौष महिनामा भोर्लेटारको मूलमा आमोद प्रमोद सदन नामबाट स्थापना भएको र कहिले मूल, कहिले धुलपुर बजारको ठाँटी हुँदै २०१३ सालमा पुतली चौरमा स्थानान्तरण भएको हो । विद्यालयले २०१५ सालमा स्वीकृत आर्थिक सहयोग प्राप्त गरेपछि भू.पू. सैनिकहरूले स्वीकृति गरी ल्याएको सोर्ल्जर्स बोर्ड स्कूलसमेत यसैमा समावेश गरी सञ्चालन गरियो । त्यसपछि २०१७ सालमा विद्यालय भवन निर्माणमा सराकारी आर्थिक सहयोग प्राप्त गरेपछि त्यसमा जनश्रम चन्दा र सहयोग जुर्टाई यु आकारको २ तले १० कोठाको भवन निर्माण गरी २०१८ सालबाट नि.मा.वि. स्तरको पढाइ समेत सञ्चालन गरियो ।

Recent Posts